सिरहामा पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न



सिरहा, असार ४ । धनगढीमाई नगरपालिका–१३ स्थित डावर र नैनपुरटोलमा पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको आयोजनाबाट वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढी परिवार लाभान्वित भएका छन् ।

परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको डावरटोल नैनपुरटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिए । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले यही असार ५ गते आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

आयोजना उद्घाटनको तयारीमा आफूहरू रहेको बताए ।

 

प्रकाशित मिति: २०८२ असार ४, बुधबार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको