प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची



काठमाडौं असार ५ ।  संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभा  बैठक आजबिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता(दोस्रो संशोधन)विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

यसै गरी विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू माथि प्रारम्भ हुने छलफल अन्तर्गत वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयहरुबीच समूहीकृत रूपमा छलफल हुनेछ ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि प्राप्तखर्च कटौतीका प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: २०८२ असार ५, बिहिवार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको