राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद वहिष्कार



काठमाडौं, असार ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजपनि संसद बहिष्कार गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकविरोध हुँदापनिचलेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए ।



उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौं । अन्यायको महलकतिदिन टिक्ला र झुटको पर्दाले कतिदिनछेकिएला । आजनभएभोलि त ढल्नैपर्छ । किनकीसत्यको जितनिश्चित हुन्छ । जबसम्म यो भिजिट भिसाप्रकरणमा छानबिन समितिबन्दैन् तबसम्मअवरोध जारी रहन्छ । संसदमा एउटा दलको पनित्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनित्यति नै हैसियत हुन्छ । विरोधहुँदापनि संसद चल्छ भने राप्रपाले आजपनि संसद बहिष्कार गर्छौ ।’

यस्तै, उनले भिजिट भिसाप्रकरण कुनै दल विशेषको मुद्दानभएको भन्दै सम्पूर्ण राजनीतिक दल र संसदीयदलकासांसदहरुलाई राप्रपाको तर्फबाट मानव बेचविखनविरुद्ध एकजुट हुनअपिलपनि गरेका छन् ।

उनले भने, ‘यो भिजिट भिसाप्रकरण कुनै दल विशेषको मुद्दा होइन् ।सम्पूर्णको साझा मुद्दा हो । एकजनागृहमन्त्रीको कुरा होईन, यो १४वटा गृहमन्त्रीको कुरा हो । २०६४ सालदेखिको कुरा हो । त्यसैले सम्पूर्ण राजनीतिक दल र संसदीयदलका सम्पूर्ण सांसदहरुलाई राप्रपाको तर्फबाट अपिल छ हामी एक ठाँउमा आउ। मानवबेचविखनविरुद्ध एकजुट बनौं ।’

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको