आठसय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, असार ६ । नेपाली बजारमा  आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विहीबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०८२ असार ६, शुक्रवार १२:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको