राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ



काठमाडौं , असार ६। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने बताएकी छन् ।

सदन बहिष्कारपछि पत्रकारहरुसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् भन्ने उनको प्रश्न थियो । उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायीक समिति मार्फत राजनीतिक संरक्षकमाथि छानबिनको माग जारी रहने जिकिर गरिन् ।

उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र रु अन्य देशहरुमा दासको रुपमा नेपालीहरु कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो । त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन् । कतिसम्म गिरेको नेपाल सरकार । ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् रु हाम्रो अडान जारी रहने छ ।’

उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्था गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन् ।

प्रकाशित मिति: २०८२ असार ६, शुक्रवार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको