एजेन्सी, असार ५ । इरान इजरायल युद्धको आठौ दिन इजरायलले इरानको आणविक रिक्टरमाथि आक्रमण गरेको छ। इजरायलले विहीवार राति इरानको खोन्डुब आणविक रिएक्टरमा आक्रमण गरेको हो । यसको केही घण्टा अघि इजरायलले अरक आणविक रिएक्टरमा पनि आक्रमण गरेको थियो । यी दुवै ठाउँमा भारी पानी रिएक्टरहरू छन्, जुन प्लुटोनियम बनाउन प्रयोग गरिन्छ।
इरानको आणविक रिक्टरमाथि आक्रमणको केही समय अघि यी क्षेत्रहरू खाली गर्न चेतावनी दिएको थियो । इजरायली लडाकु विमानहरूले बिहीबार अबेर राति इरानको राजधानी तेहरानमा हवाई आक्रमण समेत गरेको छ । त्यसपछि, इरानले हवाई रक्षा प्रणाली सक्रिय गरेको थियो।
यसैबीच, इरानले इजरायलको ’च्यानल–१४’ कार्यालयमा आक्रमण गर्ने धम्की दिएको छ, यसलाई प्रधानमन्त्री नेतान्याहूको मुखपत्र मानिन्छ ।
७ दिनको युद्धमा हालसम्म २४ इजरायली नागरिक मारिएका छन् भने ६०० भन्दा बढी घाइते भएका छन् ।
त्यस्तै वाशिंगटनस्थित एक मानव अधिकार समूहले इरानमा मृत्यु हुनेको संख्या ६३९ पुगेको र १३२९ जना घाइते भएको दाबी गरेको छ।




