बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक



रामेछाप, असार ६ । बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनकालागि रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको मूल्कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५ दिनको लागि बीपी राजमार्गमा रातको बेलुका ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

वर्षाको मौसमले राजमार्गका विभिन्न खण्डमा काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा क्षति पु¥याएकोले यात्रु तथाचालकको सुरक्षाकालागि यस्तो निर्णय गरिएको बताइएको छ ।

राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम र चिप्लो सडक भएका कारण सवारी सञ्चालनलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको हो ।
निर्णय अनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमै रोकिने भएको छ भने काठमाडौंतर्फ जाने सवारी साधनलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ । सो निर्णय आजैबाट लागू हुनेछ ।

बीपी राजमार्ग राजधानी काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग हो । दैनिकहजारौँ यात्रु र मालवाहक गाडी यही बाटो भएर आवतजावत गर्ने गर्दछन् ।

गएको वर्ष असोज महिनामाआएको बाढीले रोशीखोला क्षेत्रमा सडकमा ठुलो क्षतिभएको छ । अप्ठेरो सडक हुँदाचौकीडाँडामा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति: २०८२ असार ६, शुक्रवार १६:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको