मोटरसाइकल र साइकल ठोक्किदा तीनजनाको मृत्यु



श्यामकुमार ठाकुर
सिरहा, असार ६ । सिरहामा मोटरसाइकल र साइकल ठोक्किदा तीन जनाको मृत्यु भएको छ । सिराहा नगरपालिका–१८ हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकलएक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकी पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिदा  चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिरहाको कल्याणपुर नपा २ बेल्हाका प्रदिप मुखिया, कल्याणपुर १२ का नरेस मुखिया र सिरहा नपा२ का कुसे राय रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

मृत्यु भएका तिनै जनाको शब पोस्ट्मार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा पठाइएको छ ।

प्रकाशित मिति: २०८२ असार ६, शुक्रवार १९:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको