इरानमा आणविक आधार शिविर नजिकै भूकम्प



एजेन्सी, असार ७ । इजरायल संग जारी द्वन्द्वको बीच इरानमा आणविक आधार शिविर नजिकै भूकम्प महशुस गरिएको छ। उत्तरी इरानको सेमनान क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको हो । स्थानीय समाचार एजेन्सीका अनुसार भूकम्पको परिमाण ५.१ थियो । यो भूकम्प सेमनानबाट २७ किलोमिटर दक्षिणपश्चिममा आएको थियो ।

१० किलोमिटरको गहिराइमा आएको भूकम्पले इरानमा तेहरानले आणविक हतियार परीक्षण गरिरहेको छ कि छैन भन्ने बारेमा अनुमानको एक चक्र सुरु भएको छ । चिन्ता यसकारण बढाइएको छ की यस पटकको भूकम्प इरानको मिसाइल कम्प्लेक्स भएको शहर नजिकै आएको छ ।
एक दिन अघि, इरानले खतराको बीचमा आफ्नो आणविक कार्यक्रमको बारेमा कुरा नगर्ने स्पष्ट पारेको थियो ।



इरानमा आणविक आधार शिविर नजिकै आएको भूकम्पबाट कुनै हताहत नभएको स्थानीय समाचार एजेन्सीहरुले जनाएको छ। उनिहरुका अनुसार केवल थोरै क्षति भएको छ । यो द्वन्द्वग्रस्त देश संसारको सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक हो । यो अल्पाइन–हिमालय भूकम्पीय बेल्टमा अवस्थित छ, जहाँ अरबी र युरेशियन टेक्टोनिक प्लेटहरू मिल्छन् ।

हरेक वर्ष २००० भन्दा बढी भूकम्प

इरानमा सामान्यतया हरेक वर्ष लगभग २१०० भूकम्प जान्छन् । यी भूकम्पहरूमध्ये धेरैजसो ५.० वा सोभन्दा बढी म्याग्निच्युडका हुन्छन् । २००६ देखि २०१५ सम्म इरानमा ९६,००० भूकम्प गएका थिए ।

प्रकाशित मिति: २०८२ असार ७, शनिबार १९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको