राकेश यादव
रौतहट, असार ७ । रौतहट जिल्लाको इशनाथ नगरपालिकाको ११ औ नगर सभा शनिवार सम्पन्न भएको छ। अशाढ़ १० गते भित्र स्थानीय तहले आगामी आर्थिक बर्षको लागि बजेट नीति तथा कार्यक्रम ल्याई सक्नु पर्ने कानुनी प्राबधान अन्तर्गत इशनाथ नगरपालिकाले नगर सभा सम्पन्न गरेको हो।
इशनाथ नगरपालिकाका नगर प्रमुख श्री मति कौशल्या देवी सिन्हाले चालु आर्थिक बर्षमा सम्पन्न गरेका योजना कार्यहरुको विवरण नगर सभा समक्ष प्रस्तुत गरेकी हुन।
निर्वाचनको बेला जनता समक्ष गरेको बाचा अनुसारको कार्य गर्दै आएको उनले दावी समेत गरेकी हुन।
नगर प्रमुख सिन्हाले किसानको लागी कृषि सिचाईको क्षेत्रलाइ प्राथमिकतालाइ राखिएको बताउदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमुल्य परिवर्तन गरिने नीति लिइएको बताए।
नीति तथा कार्यक्रममा आगामी बर्षमा महिला साशक्तिकारणको लागि बिभिन्न किसिमको सिपमुलक तालिम आय आर्जन स्वरोजगारीको व्यवस्था गर्ने लक्ष्य लिइएको हो। पर्यटन पुर्बाधार, लोप हुदै गएको कला संस्कृति, परम्परालाई संरक्षण गर्दै लाने उदेश्य लिइएको छ।
खेलकुदको लागि मैदानको व्यवस्थापन गर्ने लक्ष्य नीति कार्य क्रममा लिइएको छ। पुर्ब शिक्षा सचिब डाक्टर राम स्वरुप सिन्हाले नगर प्रमुखले प्रस्तुत गरेका नीति कार्यक्रम नगर पालिकाको लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन्। प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै डाक्टर सिन्हाले प्रस्तुत गरिएको योजना जनताको चाहना अनुसार पारदर्शी ढंगबाट कार्यन्वयन गराउनु पर्ने जोड समेत दिए। निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताको सुझबुझ र अनुभवको आधारमा सबै क्षेत्र समेट्ने गरि नीति कार्यक्रम तयार गरिएको बुझिएको छ।
नगर सभामा उप प्रमुख प्रवेज आलमले आगामी बर्ष २०८२/०८३ को लागि आय व्यय प्रस्तुत गरेका छन्। ४९ करोड ४६ लाख ५२ हजार ४ सय ९७ रुपैयाको बजेट प्रस्तुत गरिएको छ। १८ स्थानीय तह भएको रौतहटमा अहिले सम्म राजपुर नगर पालिका, कटहरिया नगरपालिका, राजदेवी नगर पालिका, गरुडा नगरपालिका, माधव नारायण नगर पालिका, बौद्धिमाइ नगरपालिका, गढ़िमाई नगर पालिका सहित ८ पालिकाले बजेट ल्याई सकेका छन्।






