राप्रपाको जिल्ला अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन्छौंः मुन्नु झा



जनकपुरधाम, असार ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न जिल्ला अधिवेशनमा आफू जिल्ला अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने राप्रपाका नेता मुन्नु झाले घोषणा गरेका छन् । आज विहान जनकपुरधाममा पत्रकार सम्मेलन गरेर उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीका विभिन्न पदमा बसेर जनताको सेवा गर्दै आइरहेको बताउँदै नेता झाले आफू अव जिल्ला अधिवेशनमा अध्यमा उम्मेदवारी दिने घोषणा गरेको बताए । उनले भने–‘पार्टीले विभिन्न समयमा विभिन्न पदकालागि दिएको जिम्मेवारी आफूले निष्ठापूर्वक निर्वहन गरेका छौं, आगामी दिनमा अव युवालाई मौका दिने पार्टीको रणनीति अनुसार आफूले आज यो घोषणा गरेका छौं ।’

पार्टीको संगठन विस्तार गर्न आफू सक्षम रहेको र आफूले गरेको कामवाट पार्टी पनि सन्तुष्ट रहेका कारण आफूले सवै जिम्मेवारी पूर्ण रुपले निर्वाह गरेको बुझेको छु उनले भने–‘युवा नेतृत्वको राप्रपामा खाँचो भएकाले आफू जिल्ला अध्यक्ष भए पछि युवाहरुको आकर्षण बढ्ने छ ।’

‘हुनत राप्रपाको अहिले पनि संगठन छ, तर, आफू टोल टोल देखि संगठन विस्तार, पार्टीको विचारधारा जनता समक्ष पुर्याउने र पार्टीकालागि टोल टोलमा नेता उत्पादन गर्ने आफ्नो पहिलो लक्ष्य हुनेछ, उनले भने–‘मात्रै भाषण गरेर हुँदैन्, संगठन विस्तार गर्नकालागि आफू जस्तो युवालाई जिल्ला अध्यक्ष हुनु पर्छ ।’

सवै राजनीतिक दलहरु मिसन २०८४ मा लागेका छन् राप्रपा पनि लाग्नु पर्छ उनले भने–‘म यदि जिल्ला अध्यक्ष भए टोल टोलमा वडा सदस्य देखि पालिका प्रमुख सम्म सक्षम उम्मेदवार उठाउने र पार्टीलाई जिताउनेछु ।’

विगत भन्दा अहिले राप्रपा प्रति जनताको सद्भाव बढी नै भएको बताउँदै उनले काठमाडौं केन्द्रीत राप्रपाको आन्दोलनलाई जिल्ला जिल्ला तथा पालिका स्तर सम्म ल्याउने आफ्नो योजना समेत रहेको उनले दावी गरे । मुलुकमा बढ्दै गएको भ्रष्टाचार र लथालिङ्ग अवस्थामा रहेको मुलुकको अर्थतन्त्र राप्रपाले मात्र उकास्न सक्ने उनको दावी छ । मुलुकमा जति धेरै पार्टीहरुको उद्य भयो त्यतिनै भ्रष्टाचार बढेको चर्चा गर्दै उनले राप्रपा मात्र जनतामा छरिएको निराशालाई आशाको रुपमा बदलने उनको टिप्पणी थियो ।

राप्रपा हिन्दू धर्म, राजा सहितको प्रजातन्त्रको पक्षमा रहेका कारण डलर खानेहरु हिन्दू धर्म सहितको प्रजातन्त्र ल्याउन नदिने षडयन्त्र गरिरहेको उनको आरोप थियो । उनले धनुषा जिल्ला अध्यक्ष भए पछि आफू यस बिषयलाई समेत जनस्तर सम्म पुर्याउने बताए ।

प्रकाशित मिति: २०८२ असार ७, शनिवार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको