काठमाडौं, असार ८ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भई नयाँ मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबारसम्म सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो।
महासंघका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव र अमेरिकी डलरको भाउमा आएको परिवर्तनका कारण नेपाली बजारमा समेत सुनको मूल्यमा असर परेको हो। विश्व बजारमा सुनको माग उच्च रहँदा यसको मूल्यमा वृद्धि देखिएको हो। यसले नेपाली बजारमा समेत प्रत्यक्ष असर पार्ने गरेको व्यवसायीहरू बताउँछन्।
यसैबीच, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। शुक्रबार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँले वृद्धि भई २ हजार १६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा लगातार सानो-मोटो उतारचढाव देखिँदै आएको छ, तर सुनको तुलनामा चाँदीको मूल्य स्थिर देखिएको विश्लेषकहरूको भनाइ छ।
सुनचाँदीको मूल्य वृद्धि सँगै आम नागरिक र व्यवसायीहरूमा मूल्य स्थायित्वको माग बढ्दो छ। विशेषगरी विवाह, पूजाआजा तथा लगानीका रूपमा सुन खरिद गर्ने उपभोक्ताहरूको लागि मूल्यको उतारचढाव चुनौतीपूर्ण बन्दै गएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारसँग मिलाएर दैनिक मूल्य समायोजन गर्ने जानकारी दिएको छ।
हाल बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ।




