आज नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किदै



काठमाडौं, असार ८ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डबाट स्वदेश फर्किदै छ । आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोली अपरान्ह्र स्वदेश फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न टोली स्कटल्यान्ड गएको थियो । नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो ।

यस्तै, तेसा्रे खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपाली टोली अन्तिम खेलमा स्कटल्याण्डसँग ३४ रनले पराजित भएको थियो । उक्त सिरिजमा नेपाल, नेदरल्यान्ड्स, स्कटल्याण्डको समान ४–४ अंक हुदाँ पनि नेट रनरेटको आधारमा सिरिज स्कटल्याण्डले जितेको थियो । स्कटल्यान्डबाट स्वदेश फर्किदै छ, नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: २०८२ असार ८, आइतवार ०९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको