सदनमा रास्वपा सांसदहरुको नाराबाजी



काठमाडौं , असार ८। सदनमा रास्वपा सांसदहरुको नाराबाजी आज पनि  जारी छ ।  प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन् ।

रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कारपछि आइतबार पनि बैठक अगाडि बढाइएको छ । सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

रास्वपाले विगत लामो समयदेखि भिजिट भिसा काण्डमा उच्च स्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन् ।

प्रकाशित मिति: २०८२ असार ८, आइतवार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको