सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौं, असार ९ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा नै कायम गरिएको छ। अघिल्लो दिन आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।

महासंघले जनाएअनुसार तेजाबी सुनको मूल्य पनि स्थिर छ, जुन सोमबार प्रतितोला १ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्यमा उल्लेखनीय उतारचढाव नआएकाले नेपाली बजारमा पनि सुनको मूल्य स्थिर देखिएको विश्लेषण गरिन्छ।

अर्कोतर्फ, सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार १६० रुपैयाँमा रहेको थियो भने सोमबार यो मूल्य बढेर २ हजार १७० रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन अन्तर्राष्ट्रिय बजारको मूल्य, भन्सार दर, विनिमय दर लगायतका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ। पछिल्लो समय अमेरिकी डलरको भाउ, अन्तर्राष्ट्रिय बजारमा देखिएको अनिश्चितता तथा ब्याजदरको चलायमान अवस्थाले सुनचाँदीको मूल्यमा असर पारिरहेको देखिन्छ।

लगानीकर्ताहरूका लागि सुन अझै पनि सुरक्षित लगानीको माध्यमका रूपमा देखिँदै आएको छ भने सामान्य उपभोक्ताले पनि मूल्य स्थिर हुँदा किनमेल गर्न सहज महशुस गरिरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको कारोबारमा विस्तार आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार ९, सोमवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको