श्याम कुमार ठाकुर
सिरहा, असार ९ । कर्जन्हा नगरपालिकाको १५ औ नगरसभा समृद्धि र उत्तरदायित्वको प्रतिबद्धता सहित सम्पन्न भएको छ ।
मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा मन्तव्य राख्दै मन्त्री यादवले नगरपालिकाले समावेशी र वातावरणमैत्री विकास योजना अघि सार्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारहरू समृद्ध मधेश निर्माणको आधार हुने भन्दै संघीयताको मर्मअनुसार काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
कर्जन्हा नगरपालिकाको १५औँ नगर सभाले स्थानीय तहको सुशासन, पारदर्शिता र समावेशी विकासप्रति गहिरो प्रतिबद्धता जनाएको छ ।
सोमबार सम्पन्न अधिवेशनमा विभिन्न वडाका प्रतिनिधिहरूद्वारा प्रस्तुत सुझाव, गुनासो र मागहरूलाई सम्बोधन गर्ने क्रममा नगर कार्यपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्राथमिकता निर्धारण गरेको छ ।
वन तथा वातावरण मन्त्री यादवले अधिवेशनलाई सम्बोधन गर्दै स्थानीय सरकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गरे । उनले भने–‘स्थानीय तहहरू विकासको मूल आधार हो, यहाँबाट सुरु भएको परिवर्तनले मधेश प्रदेशको समृद्धिको मार्ग तय गर्नेछ । वन, वातावरण र जलवायु अनुकूल योजनाहरू प्राथमिकतामा राख्नुपर्छ ।’
मन्त्री यादवले संघीयताको मर्मअनुसार समन्वय र सहभागितामूलक शासनमा जोड दिँदै केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सशक्त सहकार्य आवश्यक रहेको बताए ।
नगर प्रमुखको प्रतिवेदन र भावी योजना
कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेल प्रस्तुत गरेका प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि प्रवर्द्धन तथा स्वच्छता कार्यक्रमहरूमा हासिल उपलब्धिहरू प्रस्तुत गरियो ।
उनले भने–‘हामी नागरिकको जीवनस्तर उकास्न प्रतिबद्ध छौं। समावेशी योजना निर्माण र कार्यान्वयन हाम्रो प्राथमिकता हो। नागरिकका सुझाव अनुसार योजनाहरू परिमार्जन गरिनेछ ।’
नारी सशक्तिकरण, युवासम्बन्धी नीति र प्रवासी श्रमिकका विषयमा छलफल अधिवेशनमा महिला सदस्य तथा युवापुस्ताका प्रतिनिधिहरूले महिला सशक्तिकरण, लघुवित्त पहुँच, युवाका लागि रोजगारी सिर्जना, सीप विकास तालिम र प्रवासी श्रमिकका समस्या समाधानका विषयमा आवाज उठाए । नगर उपप्रमुखले यी विषयहरूलाई नीति निर्माणमै समावेश गरिने प्रतिबद्धता जनाए ।
समुदायको सहभागिता र अपेक्षा
नगरसभा अवधिभर स्थानीय समुदायका प्रतिनिधिहरू, सरोकारवाला संघसंस्था तथा आम नागरिकको उल्लेखनीय उपस्थिति देखिएको थियो । उनीहरूले विकास योजनामा पारदर्शिता, अनुगमन प्रणालीको मजबुती, खर्च व्यवस्थापनको स्पष्टता र योजनामा नागरिक सहभागिता सुनिश्चित गर्न माग गरे ।
बजेटको सदुपयोग, गुणस्तरीय सेवा र कमजोर वर्गका लागि लक्षित कार्यक्रमको अपेक्षा राखेको उनीहरुले बताएका थिए । नगरसभा मार्फत ती कुरा उठेका छन्, अब कार्यान्वयनमा गम्भीरता देखियोस्’ उनीहरुको माग थियो ।
ू




