रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागि रहेको छु : अध्यक्ष प्रचण्ड



काठमाडौं ,असार १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागि रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेट पछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहन्न । रास्वापा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समय सम्म प्रयास गरेको हौं । अझै गरिराखेको छु । रास्वपाको साथिहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ ।’
उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए ।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार १६:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको