बच्चा नबस्ने समस्यामा जतिमहिलाको भूमिका हुन्छ त्यति नै पुरुषको पनि हुन्छ । हाम्रो समाजमामहिलालाई बाझोपन भयो भने अर्को विवाह गर्ने चलन छ । र महिलाले गर्दा मात्रबच्चानभएको भन्ने सोच पनि छ । तर बच्चानबस्नुमादुवै जनाको उत्तिकै भूमिका हुन्छ ।
सामान्यत प्रजनन् क्षमता भन्नाले बच्चा जन्माउने क्षमतालाई बुझिन्छ । प्रजनन् जैविक प्रक्रिया भएकाले यसमा महिला र पुरुष दुवै उत्तिकै जिम्मेवार हुन्छन् । प्रजनन क्षमताकम हुनुलाई दुई भागमा विभाजित गरिन्छ । एउटा बाझोपन वा बच्चा नै नबस्ने र दोस्रो भनेको श्रीमान–श्रीमतीमा बच्चा उत्पादन गर्ने क्षमताहुने तर सामान्य मानिसमा भन्दा कम हुने समस्या हो । वास्तवमा विगतको तुलनामा हिजो आज प्रजनन् क्षमता कम हुँदै गएको पाइन्छ ।
ढिला विवाह गर्दाको जोखिम
विवाह गर्ने र बच्चा जन्माउने निश्चित उमेर हुन्छ । उमेर अनुसार प्रजनन् क्षमताको मापन गरिन्छ । महिला वा पुरुषहरुमा देखिने समस्याका कारण बच्चा जन्माउने विषय केन्द्रीत हुनेगर्छ । महिला सम्बन्धी जति पनि रोगहरु छन्, जुन गर्भवती हुँदाहोस् या बच्चा नबस्ने समस्या होस ति सबैका लागि आधुनिक प्रविधिबाट जाँच गर्न सकिन्छ । वा स्वस्थ्य बच्चा पाउने आदी विषयहरुका लागि नयाँ टेक्नोलोजिबाट धेरै कुरा पत्ता लगाउन सकिन्छ ।
लेप्रोस्कोपी दुरविन प्रविधिबाटै धेरै काम गर्न सकिन्छ । दुरविन प्रविधिबाट पाठेघरमा कुनै रोग छ की छैन भनेर एंडोस्कोपी प्रविधिको प्रयोग गर्न सकिन्छ । एंडोस्कोपी प्रविधि मार्फत आन्द्राभित्र कुनै घाउ छ की छैन भनेर पनि पत्ता लगाउन सकिन्छ ।

त्यस्तै महिलामा हुने फरक रोगहरु जुन महिना वारीको समस्या, फोहोर पानीबग्ने, पाठेघर सम्बन्धी, तल्लो पेटहरु दुख्नेलगायतका विभिन्न रोगहरुको निधान आधुनिक प्रविधि मार्फत गर्न सकिन्छ । अहिले ढिला विवाहगर्ने प्रवृत्तिको विकास भएको छ ।
यसले जटिलताहरु निम्ताउँदै गएको छ । जति उमेर बढ्दै गयो उत्ति नै प्रजनन् क्षमतामा र्हास आउने भएकाले यसमा विशेष ध्यान दिन जरुरी छ । ३०–३५ वर्षपछि बच्चा जन्माउने क्षमता कम हुदैँ जान्छ । किनभने महिलाको अण्डाको गुणस्तर उमेरसँगै घट्दै जान्छ । र उमेर बढ्दै जाँदा पाठेघर सम्बन्धि रोगहरु पनि बढि रहेको हुन्छ । यसले गर्दा पनि प्रजन न्क्षमताकम हुने गर्छ ।
बच्चा नबस्ने समस्यामा महिला–पुरुष उत्तिकै जिम्मेवार
बच्चा जन्माउन जति छिटो भयो त्यती राम्रो हो ।तर छिटो भन्ने वित्तिकै महिनावारी सुरु हुने वित्तिकै भन्न खोजेको होइन। बच्चा जन्माउने उपयुक्त उमेर भनेको २५ देखि ३५ वर्षसम्म हो । बच्चा बनाउने क्षमता भनेको जबसम्म महिला महिनावारी भइरहेको हुन्छत्यो बेलासम्म हुन्छ । तर महिनावारी रोकिसकेपछि पनि बच्चा चाहियो भने त्यो बेला पनि बच्चा बस्न सक्छ । अर्को भनेको टेस्ट ट्यूब बेबीको विधिपनि अपनाउन सक्छौं ।
बच्चा नबस्ने समस्यामा जति महिलाको भूमिका हुन्छ त्यति नै पुरुषको पनि हुन्छ । हाम्रो समाजमा महिलालाई बाझोपन भयो भने अर्को विवाहगर्ने चलन छ । र महिलाले गर्दा मात्र बच्चा नभएको भन्ने सोच पनि छ । तर दुवै जनाको उत्तिकै भूमिका हुन्छ । मेरो अनुभव अनुसार बच्चा बस्नको लागि महिला भन्दा पुरुषको बढि भूमिका हुन्छ ।
तर हाम्रो समाज पुरुष प्रधान छ । कुनै पनि महिलामा महिनामा एकपटक मात्र अण्डा निस्किने गर्छ, त्यो अण्डा निस्किएको बेलामा सम्बन्ध बनाएन भने बच्चा बस्दैन् । त्यो बेला पुरुषले बेवास्था गर्ने हो भने बच्चा बस्दैँन् । यस हिसाबले पनि पुरुषको बढि भूमिका हुन्छ ।
उपयुक्त उमेर
उमेरको हिसाबमा महिला र पुरुष २५ देखि ३५ को उमेर वच्चा जन्माउने उपयुक्त उमेर हो । किनभने यो समयमा बच्चा बनाउन सक्ने क्षमता बढि हुन्छ । जति उमेर बढ्दै गयो क्षमता घट्दै जान्छ ।महिनावारी भएको १४ दिनमा अण्डा लिमिट साइटमा गएपछि यो फुट्ने गर्छ । अण्डा फुटेपछि त्योे ट्यूबतिर जान्छ । अण्डा भएका बेलाशारीरिक सम्बन्ध राख्यो भने बच्चा बस्न सक्ने सम्भावना हुन्छ । बच्चाबन्ने भनेको नलीमाहो । शुक्रक्रिटको भेट नलीमाहुने हो ।बच्चानबस्ने कारण महिनावारी नियमित रुपमाभइरहेको छैन भनेहो ।
डिम्बासयमाबच्चाबनाउने अण्डा नबन्ने भयो । अर्कों भनेको अहिले धेरैजसो महिलामापिसिओएस हुन्छ । यसमाधेरै नै अण्डा बन्छ । र त्यो अण्डाहरु एकआपसमाप्रतिस्पर्धा गर्ने भएकाले गुणस्तरीय खालको अण्डा बनिसकेको हुँदैन् । जसले गर्दा बच्चा बसिरहेको हुँदैन । ट्यूब र अण्डाको सन्तुलननमिल्दापनिबच्चाहुँदैन ।
एकतिर ट्यूब लक छ भने अर्कोतिर गएर बच्चा बस्ने भयो । तर दुईतिर लक भयो भने आइभीओतिर जान पर्ने हुन्छ । यदि अण्डा र ट्युबदुबैमा बच्चाबस्यो तर पनिभएनभने पाठेघरको समस्याहुनसक्छ । पाठेघरमा मासु पलाएको छ भने पनिबच्चाबस्नगाह्रो हुन्छ ।
पुरुषकोहकमाभने शुक्रकिटनै उत्पादनभइरहेको छैन वाकाउन्ट नै जेरो छ या काउन्ट छ भने पनिकम छ । स्पमको अगाडि बढ्ने क्ष्मतिाकति छ भन्ने कुराहरुमापनिनिर्भर रहनसक्छ ।कतिपय केसहरु महिला र पुरुषदुबैको त्यस्तो केहि समस्यानहुँदापनिबच्चा बसिरहेको हुँदैन । त्यो भनेको कुन समयमा रिलेशन राख्ने भनेर ज्ञान नहुँदाहुनसक्छ । कुनसमयकुनविधिअपनाउँदावा यौंन सम्पर्क गर्ने ज्ञान नहुँदापनिबच्चा बस्दैन ।
धुम्रपान र मध्यपानले बाँझोपनको समस्या
महिला भन्दा पुरुषमा धुम्रपानगर्ने बानी धेरै हुन्छ । यदीधुम्रपानगर्नेबानी छ भने निकोटिनले प्रजनन् क्षमतामा असर गर्छ । जसले स्पमको मोडालिटि र क्षमता घटाउने गर्छ । जसले गर्दाबच्चा बस्न गाह्रो हुन्छ । मध्यपान सेवन गर्ने मानिसको पनि शुक्रकिट सुस्त हुने गर्छ । रसंख्यापनिकमहुँदै जान्छ । त्यसले पनिबच्चा बस्न गाह्रो हुन्छ ।
यस्ता समस्यामहिला र पुरुषदुुबैमा हुन्छ । यसलाई हटाउन महिल र पुरुषले धुम्रपान छाड्नुपर्ने,महिलाले तौललाई नियन्त्रण गर्नुपर्ने, खानेकुराहरु धेरैनखाने र बच्चाको योजना समयमै गर्नपर्छ ।त्यसको अर्को असर बाझोपन हुनसक्छ ।अर्को कुरा भनेको ६ महिनावा एक वर्षमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
हुनत हिजो आज ढिलो विवाह गर्ने तर अण्डालाई संरक्षण गरेर राख्ने प्रवृत्तिआएको छ । यो महिला र पुरुषदुवैको हकमा मिल्छ । महिलाले अण्डा राख्ने हो भने पुरुषले शुक्रकिट राख्नपर्छ । पुरुषहरु रोजगारीको लागिबाहिर जानुहुन्छ, श्रीमतीयतैभएकाबेलामहिलाको अण्डा र पुरुषको शुक्रकिट शरीरबाहिर एक प्रयोगशालामामिलाएर टेस्ट ट्यूबबेबीबनाएर गर्भाशयमाराख्ने चलन सुरु भएको छ ।
बाझोपनको समस्याबढ्दो
बाझोपनको जुन समस्या छ, यो दिनदिनै बढ्ने क्रममा छ । यसको पनि धेरै तहहरु छ ।दैनिकजीवन शैलीदेखि, खानेकुरा, उमेर सबैले असर पार्छ । पूर्ण रुपमाबच्चा नै नहुने पाठेघर नै नभएको अवस्थामामात्रहो । टेस्टट्यूबबेबीबाट बच्चाबनाएपनि राख्ने ठाँउ भनेको त पाठेघर नै हो । पछिल्लो समय पाठेघर नै नहुने समस्यापनि बढ्दो छ ।
कुनै जोडीले बच्चाको योजनाबनाएतर बच्चाबसेन भने एकपटक योजनाबनाउनुभन्दा अगाडि स्त्री रोग विशेषज्ञलाई देखाउनुपर्छ । सबै कुराको समय, तरिका हुन्छ । त्यो तरिका नमिलाउने हो भने प्रयासहरु खेर जान्छन् । त्यसकारण पनि स्त्री रोग विशेषज्ञलाई भेटेर परामर्श लिनैपर्छ ।
विशेषज्ञले महिलाको महिनावारीको चक्रलाई हेरेर उपयुक्तसमय दिन सक्छन् । अन्यमिति समेत पनिनिकालेर दिने गर्छौ । यसरी सुझाउने हो भने बच्चा बस्ने सम्भावना बढ्छ । तर यो ज्ञान अहिले एकदमै कमछ ।यसको बारेमा एक त धेरैले कुरा गर्न पनिचाहदैँनन् र ज्ञान पनि धेरैमा कम हुन्छ । यसले गर्दा पनिबाझोपन बढ्नेक्रममा छ ।
अर्को कुरा भनेको असुरक्षितगर्भपतले पनि जोखिम निम्त्याउँछ । गर्भपतनकाबेला मेसिनले सफा गर्ने कामपनि हुुन्छ । त्यो बेलाबच्चाबस्ने ठाँउमा असर पर्नसक्छ । जसले गर्दा पछि गएर बच्चा बस्ने सम्भावनाकमहुँदै जान्छ । धेरै पटक गर्भपतन गर्ने हो भने अण्डा बन्ने क्षमतामापनि असर पर्न सक्छ । पाठेघरको बनावटमा पनि परिवर्तन आउन सक्छ । बाझोपनमा गर्भपतनको पनि केही हदसम्महात हुन्छ । त्यसकारण असुरक्षितगर्भपतननगर्न नै सुझावदिन चाहन्छु ।







