स्वास्थ्यकर्मी विद्यार्थीद्वारा मुख्यमन्त्री यादवलाई ज्ञापन



जनकपुरधाम, मंसिर २८ । स्वास्थ्यकर्मी विद्यार्थीहरुले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रदेश सरकार लोक सेवा मार्फत विज्ञापन प्रकाशन नगरेको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले विगत दुई तीन बर्ष यता प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विज्ञापन प्रकाशन नगरेको जसका कारण आफूहरुको मनोविज्ञानमा असर परेको भन्दै आज प्रदेशका मुख्यमन्त्री यादवलाई ज्ञापन बुझाएका छन् । सवै प्रदेशमा स्वास्थ्य क्षेत्रकालागि विज्ञापन प्राशन गरिए पनि मधेश प्रदेश सरकारले अहिले सम्म त्यस तिर ध्यान दिन नसकेको भन्दै विद्यार्थीहरुले सरकार समक्ष दुखेसो पोखेका थिए ।



करिव दुई दर्जन स्वास्थ्यकर्मी विद्यार्थीहरु आज मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति: २०८२ मंसिर २८, आईतवार १९:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको