रौतहटमा युवकमाथि छुरा प्रहार, अभियुक्त पक्राउ



राकेश यादव
रौतहट, असार १२ । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा एक युवकमाथि छुरा प्रहार गरिएको छ।

विहिवार बिहान करिब ६ बजेको समयमा युवकमाथि छुरा प्रहार भएको हो। स्थानीय फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ शितलपुर निवासी रुदल राय यादवको छोरा ३० वर्षीय सुजित राय यादवले छुरा प्रहार गर्दा मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरका मोहन राय यादवको ३० बर्षीय छोरा राम बहादुर राय यादव घाइते भएको हो।



जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपक रायले घटनाको पुस्टि गर्दै घटनामा प्रत्यक्ष संलग्न रहेको सुजित कुमार यादवलाइ पक्राउ गरिएको जनाएका छन्।

बिहान मर्यादपुर चौकमा दुवै जना बीच विवाद हुदा सुजितले पहिला देखि लिएर आएका चक्कू राम बहादुरको छातीमा हानेको बुझिएको छ।

घाइतेको उपचारको लागि पठाइएको छ भने आरोपितलाइ हिरासतमा राखेर थप अनुसन्धानको कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको