प्रशान्त किशोरको कटाक्ष , ‘तेजस्वी कलम बाँडी रहेका छन , पहिले आफै १० कक्षा पास गरोस’



एजेन्सी, असार १३ । जन सुरज पार्टीका सर्वोच्च नेता प्रशान्त किशोर ले बिहार विपक्षीदलका नेता तेजस्वी यादव माथि कटाक्ष गरेका छन । जनसुराज यात्राको क्रममा बिहीबार भोजपुर जिल्लाको बिरामपुर हाई स्कूलको परिसर पुगेका प्रशान्त किशोर विपक्षीदलका नेता तेजस्वीमाथि कटाक्ष गर्दै भने, तेजस्वी यादव कलम बाँडिरहेका छन्, पहिले उनले त्यही कलमले १० कक्षा आफैं पास गर्नुपर्छ । बिहारलाई नेता होइन, शिक्षित युवा चाहिन्छ।

महिलाहरूको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा बुलडोजर बाट फुल बर्साउदै प्रशान्तलाई भव्य स्वागत गरेको थियो । आसन्न बिहार विधानसभा निर्वाचनमा दुबै गठबन्धनलाई चुनौती दिने बताइ रहेको जनसुराज पार्टीका नेता प्रशान्तले विपक्षीलाई मात्र नभई बिहारको वर्तमान राजनीतिक अवस्था र सत्तापक्षको नेताहरूमाथि समेत कटाक्ष गरेका थिए ।
प्रशान्त किशोरले बिहारको सबैभन्दा ठूलो समस्या बेरोजगारी र शिक्षाको अभाव रहेको बताए । उनले भने, लालु र नीतीशले बच्चाहरूलाई आफ्नो पिठ्युँमा बोरा बोक्न बाध्य पारेका छन । जन सुरजको सोच भनेको बच्चाहरूले बोरा होइन, पिठ्युँमा स्कूल झोला बोक्नुपर्छ। शिक्षा गरिबीबाट मुक्तिको बाटो हो।

उनले जनतालाई प्रश्न गर्दै भने ,‘ उनीहरूले कहिल्यै बालबालिकाको शिक्षा र रोजगारीको लागि भोट दिएका छन ? हामीले ५ किलो अन्न र सिलिन्डरको लोभमा भोट दिएका छौ , तर आज हामीलाई अन्न कम मिल्यो, सिलिन्डर महँगो भएको छ र रोजगारी अझै पनि सपना जस्तै छ ।’

प्रधानमन्त्री मोदीलाई समेत लक्षित गर्दै प्रशान्तले भने ,‘ गुजरातमा कारखानाहरू स्थापना भइरहेका छन् र बिहारका बालबालिकाहरू त्यहाँ काम गरिरहेका छन्। पाकिस्तानलाई चार भागमा विभाजन गरेर बिहारको गरिबी समाप्त हुँदैन। आफ्ना छोराछोरीलाई भोट दिनुहोस्, मन्दिर र सडकहरू पछि बनाउन सकिन्छ ।’

सभामा उनले नीतीश कुमारलाई फेरि मुख्यमन्त्री बनाउनु पर्छ कि ? भनेर सोध्दा हजारौं मानिसहरूले हात उठाएर ’बाय–बाय’ भने । उनले भने कि यस पटक प्रधानमन्त्री मोदी नीतीशलाई भोट माग्न आए पनि उनलाई भोट दिनु हुँदैन।
अन्तमा, उनले अर्को पटक आफ्ना छोराछोरीको भविष्य हेरेर भोट हाल्न अपील गरे, लालु, नीतीश वा मोदीको अनुहारमा होइन। अब बिहार जनताले शासन गर्नुपर्छ, नेताहरूले होइन।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको