रास्वपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं, असार १३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ ।

शनिबार नै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन् ।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रवार ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको