मेयर कप महिला लिगको उपाधि राजबिराज रोयल्सलाई



वृजमान तामाङ
राजविराज, असार १४ । राजबिराजमा संचालित राजबिराज मेयर कप सप्तरी महिला प्राईड लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राजबिराज रोयल्सले हात पारेको छ । पवि माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा खडक क्युईन्सलाई ५ बिकेटले पराजित गर्दै राजबिराज रोयल्सले उपाधिमाथि कब्जा जमाएको हो।

राजबिराजका अपसरी बेगमले उत्कृष्ट ब्याटिंग गर्दै ६२ रन बनाएपछि राजबिराजका लागि जित सहज भएको थियो
यसैगरी अर्का ब्याटर अपेक्षा यादबले ३३ ले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

खडक क्युईन्स र राजबिराज रोयल्स बिच भएको फाईनल खेलमा टस जितेर खडकले निर्धारित २०ओभरमा
७ बिकेट गुमाएर १ सय २९ रनको योगफल खडा गरेका थिए। जसमा ममता चौधरीले उत्कृष्ट ब्याटिंग गर्दै ४९ बलमा ९ चौकाको मदतले ६२ रन बनाएका थिए ।

यसैगरी अर्का ब्याटर टीका साहले ३७ रन र अलिसा यादबले १८ रन बनाएका थिए । यता बलिंग तर्फ राजबिराज रोयल्सका अपेक्षा यादबले २ बिकेट तथा सिवानी साह, साक्षी यादबले समान १र१ बिकेट लिएका थिए।

प्रतिउतरमा १ सय ३० रनको लक्ष्य लिएका राजबिराज रोयल्सले १८ ओभरमा ५ बिकेट गुमाएर जित हात पारेको हो। जसमा अपसरी बेगम ६२ रन, अपेक्षा यादब ३३, रन र चाँदनी खातुनले १२ रन बनाएका थिए।

बलिंग तर्फ खडक क्युईन्सका भुमी सिँह २ बिकेट तथा मोनिका सिँह र सुस्मिता यादबले १र१ बिकेट लिएका थिए। प्रतियोगिताको फाईनल खेलको प्लेयर अफ दि म्याच अपसरी बेगम घोषित भएको छ। यसैगरी प्रतियोगिताको बेस्ट ब्याटर ममता चौधरी, बेस्ट बलर भुमी सिँह र प्लेयर अफ दि सिरिज अपसरी बेगम घोषित भएको छ।

सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित एक समारोह वीच विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।

राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, नेपाल क्रिकेट सँघका सलेक्टर मुर्तजा हवाडी, राजबिराज वडा ४ का वडा सदस्य राजेश्वरी थापा, राजबिराज वडा ५ का वडा सदस्य संतोष मण्डल, लगायतले बिजेता, उपबिजेताहरूलाई कप, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमको संचालन सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले गरेका थिए।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार १७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको