पाकिस्तानी सैन्य काफिला माथि आत्मघाती आक्रमण, १३ सैनिकको मृत्यु, २९ घाइते



एजेन्सी, असार १४ । पाकिस्तानी सैन्य काफिला माथि शनिवार आत्माति आक्रमण भएको छ । आक्रमणमा परि १३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन । जसमा एकजना सर्वसाधारण समेत छन । खैबर पख्तुनख्वा प्रान्तमा एक आत्मघाती बम हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई पाकिस्तानी सैन्य काफिला संग ठोक्काइ दिएका थिए ।

खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाका एक स्थानीय सरकारी अधिकारीलाई उद्धृत गर्दै एएफपीले भनेको छ “एक आत्मघाती बम हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई सैन्य काफिलेमा ठोक्काइदियो। विस्फोटमा १३ सैनिकको मृत्यु, १० सैन्य कर्मचारी र १९ नागरिक घाइते भएका छन्।“

घाइते सैनिकहरु मध्ये चार घाइते सैनिकहरूको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारीले जनाएको छ। पाकिस्तान तालिबानको एक गुट हाफिज गुल बहादुर सशस्त्र समूहको आत्मघाती बमवर्षक शाखाले आक्रमणको जिम्मेवारी लिएको छ ।

सन् २०२१ मा काबुलमा तालिबान सत्तामा फर्किएदेखि पाकिस्तानी सीमा हिंसामा उल्लेखनीय वृद्धि भएको छ ।
एएफपीका अनुसार, खैबर पख्तुनख्वा र बलुचिस्तान दुवैमा सरकारसँग लडिरहेका सशस्त्र समूहहरूद्वारा वर्षको सुरुदेखि नै लगभग २९० जना मारिएका छन । जसमध्ये धेरैजसो सुरक्षा अधिकारीहरू रहेको छ ।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार २०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको