एजेन्सी, असार १५ । बहुजन समाजवादी पार्टीका प्रमुख मायावतीले काँग्रेस र भाजपा देशको संविधान प्रति इमान्दार नरहेको भन्दै आलोचना गरेकी छन ।
संचारकर्मीहरु संग कुरा गर्दै मायावतीले काँग्रेस र भाजपा देशको संविधान राष्ट्रिय हित एवं देशका करोडौं देशवासीहरूको लागि पूर्ण इमानदारीका कहिल्यै लागू नगरेको आरोप लगाइन ।
भाजपा र कांग्रेसमाथि कडा हमला गर्दै मायावतीले भनिन्,‘ सम्पूर्ण समाजको हित र राष्ट्र निर्माणको लागि, बाबा साहेब डा. भीमराव अम्बेडकरले आफ्नो जीवनभरको अथक संघर्षको अनुभवको आधारमा भारतको संविधान दिनुभयो । तर केन्द्रमा आफ्नो शासनकालमा, पहिले कांग्रेस पार्टी र अब त्यसपछि, विगत केही वर्षदेखि सत्तामा रहेको भाजपाको नेतृत्वमा रहेको एनडीएले त्यसलाई इमान्दारीपूर्वक प्रयास समेत गरेको छैन । ’
यी दुवै दलले आफ्नो पार्टीको विचारधारा, सिद्धान्त र आफ्नो राजनीतिक स्वार्थका लागि समय समयमा संविधानमा धेरै अनावश्यक परिवर्तनहरू गरेको आरोप लगाउदै उनले भनिन् ,‘ देशको एकमात्र अम्बेडकरवादी बसपा पाटी कडा निन्दा गर्दछ । किनभने देशका बहुजनहरूमाझ, विशेष गरी करोडौं गरिब, मजदुर, किसान, महिला, साना व्यवसायी र अन्य मेहनती जनताले महसुस गर्छन् कि केन्द्र र देशका अधिकांश राज्यहरूमा लामो समयदेखि सत्तामा रहेको कांग्रेस पार्टी र अहिले भाजपाले पनि आफ्ना सरकारहरूको गलत नीति र जनविरोधी रणनीति, चरित्र र अनुहार लुकाउन र जनताको ध्यान उनीहरूबाट हटाउन यस्ता चालबाजी गरिरहेका छन् ।’

यी दुवै दल, कांग्रेस र भाजपा, आन्तरिक रूपमा एकताबद्ध हुदै जनतामाथि जबरजस्ती आफ्ना गलत नीति र कार्यक्रमहरू थोप्ने र संवैधानिक संशोधन आदि मामिलामा, यी दुवै दलहरू हृदयमा केही र जिब्रोमा केही भन्ने दोहोरो नीति अपनाउदै आएको उनको आरोप छ ।







