प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित



काठमाडौं, असार १५ । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।



विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए । यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए ।

प्रकाशित मिति: २०८२ असार १५, आईतवार १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको