काठमाडौं, असार १५। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेकाछन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेकाहुन् ।
प्रभु साहले भने, ‘गरिबलाई रूवाउने विधेयकहामीलाई स्वीकार्य छैन। यो नेपालीजनताले कुनै पनिहालतमा स्वीकार्ने छैन। यस्तो अपराधिककामको साक्षी म बन्न सक्दिनँ। सांसदहरूले पनिनबन्नआग्रहगर्दछु। यस्तो चिरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने व्यहोरा अनुरोधगर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु ।’
उक्त विधेयक गरिबमारा रहेको कारण स्वीकार्य नरहेको र आफूले बैठक पनिबहिष्कार गरेको बताए ।
यस्तै उनले निजामती विधेयकपारित भएमादेशमाआगो बल्ने पनिबताए।उनले आफू यो विधेयकपारित गर्ने मतियार हुननसक्ने पनिबताए।
उनले भने, ‘यो गरिबमारा निजामती विधेयक पारित भयो भने देशमा आगो बल्छ। गरिबको भविष्यलाई कत्ले आम गर्नेगरी आएको यो विधेयक हामीलाई स्वीकार्य छैन।यदी यो आजपारित भयो भने यो कालो दिनहुनेछ ।’






