एजेन्सी, असार १७ । भारत सरकारका केन्द्रिय मन्त्री जीतनराम माझीले वक्फ बोर्ड कानून को विषयमा तेजस्वी यादवको अभिव्यक्ती माथि कडा प्रहार गरेका छन ।
सोमवार संचारकर्मीहरु संग कुरा गर्दै माझीले आफुहरु चुनाव जिते वक्फ बोर्ड कानून लाई फोहरको टोकरीमा फाल्ने तेजस्वीको अभिव्यक्तिलाई बुझाईको कमीको संज्ञा दिएका हुन ।
उनले भने ,‘ यो उनको बुझाइको कमी हो । वक्फ ऐन कुनै व्यक्ति विशेषको होइन । यो सबैको हितको लागि हो ।’
वक्फ बोर्ड कानूनतहत प्राप्त हुने जग्गामा प्राविधिक कलेज वा विश्वविद्यालय बनाउन सकिन्छ उल्लेख गर्दै माझीले भने,‘ समाजको लागि जे काम गरिन्छ, जुन अहिलेसम्म गरिएको छैन, बुझ्नेहरूले त्यसको विरोध गर्दैनन्, नबुझ्नेहरूले अवश्य यसको विरोध गर्छन् ।’
साथै, माझीले चिराग पासवान विधानसभाको चुनाव लड्ने अभिव्यक्त माथि कटाक्ष गर्दै भने ,‘ आफुलाई दलितहरूको शुभचिन्तक भन्छन , काम गर्नेहरूलाई कतै न कतै सरकारी पैसा सबैको हो भन्ने बुझाइको कमी छ । अनुसूचित जातिसँग मात्र पैसा छैन, जसलाई यसको आवश्यकता छ, सेवा गर्नुपर्छ। यसरी कुरा गर्नु एकतर्फी कुरा हो, यसमा उनको अनुभवको कमी देखिन्छ ।’




