इरान संग ओबामा जस्तो आणविक सम्झौता नगर्ने ट्रम्पको दावी



एजेन्सी, असार १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान संग ओबामा जस्तो आणविक सम्झौता नगर्ने स्पष्ट पारेका छन । पूर्व राष्ट्रपति ओबामा जस्तै आणविक सम्झौताको बदला केही दिने स्थितिमा आफु नरहेको उनले बताए । उनले भने , ओबामा संग सम्झौताले इरानलाई मूर्खतापूर्वक आणविक हतियार बनाउने मौका दिइएको थियो ।’

इरान आफ्नो आणविक प्लान्टहरू भत्काउन सहमत भए मात्र इरान संग वार्ता हुने ट्रम्पले बताएका छन । यसैबीच, इरानका उप–विदेशमन्त्री साजिद तख्त रवान्चीले अमेरिकी सेनाले इरानमा फेरि आक्रमण नगर्ने आश्वासन दिए इरान अमेरिकासँग वार्ताको लागि तयार रहेको बताएका छन ।

अमेरिकी गुप्तचर एजेन्सी सीआईएका प्रमुख जोन रेटक्लिफले अमेरिकी आक्रमण पछि इरानको आणविक कार्यक्रम धेरै वर्ष पछाडि गइसकेको बताएका छन्। सीआईए प्रमुखले गत हप्ता अमेरिकी सांसदहरूको समितिको अगाडि यो कुरा भनेका थिए । सीआईए प्रमुखको यो बयान अमेरिकी रक्षा मन्त्रालयको गुप्तचर रिपोर्ट भन्दा फरक छ जसमा भनिएको थियो कि इरानी आणविक कार्यक्रम आक्रमणबाट नष्ट भएको छैन।

इजरायलसँगको युद्धमा ९३५ इरानी मारिए

इजरायलसँगको १२ दिने युद्धमा ३८ बालबालिका र १३२ महिलासहित इरानका ९३५ जना मारिएका थिए। यो जानकारी इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले दिएका छन् । तेहरानको इभिन जेलमा मात्र इजरायली आक्रमणमा ७९ जना मारिएका थिए। जबकि इजरायलमा इजरायली आक्रमणमा २८ जना मारिएका छन्।

बेलायत, फ्रान्स र जर्मनीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी लाई धम्की दिने इरानी प्रयासको निन्दा गरेका छन्। तीन युरोपेली देशहरूको यो प्रतिक्रिया इरानको कट्टरपन्थी पत्रिकामा प्रमुख राफेल ग्रोसीलाई इजरायली एजेन्ट जस्तै व्यवहार गरिनुपर्छ र उनलाई समातेर फाँसी दिनुपर्छ भनी घोषणा गरेपछि आएको हो। तीनै देशहरूले महानिर्देशकलाई पूर्ण समर्थन रहेको घोषणा गरेका छन्।

इरान सरकारलाई आइएइए विरोधी अडान परिवर्तन गर्न भनिएको छ । यी तीन देशहरू २०१५ मा इरानसँग भएको अन्तर्राष्ट्रिय आणविक सम्झौतामा समावेश भएको ज्ञात छ । अमेरिकाले फिर्ता लिए पनि, यो सम्झौता अझै पनि प्रभावकारी छ।

प्रकाशित मिति: २०८२ असार १७, मंगलवार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको