दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश



काठमाडौं, असार १९। पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।

समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए ।

प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो ।

विहीबार न्यायाधीश खेमराज भट्टले दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ असार १९, बिहिवार १७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको