काठमाडौं, असार १९ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका आज तीनवटा संसदीय को बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ ।
आज तीनवटा संसदीय बैठक मध्ये बिहान ११ बजे दुई समितिका बैठकहरू समानान्तर रूपमा बस्नेछन् । अर्थ समितिको बैठकमा ‘बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमाथि केन्द्रित छलफल हुनेछ । यस बैठकमा समितिका सदस्यहरूसँग विधेयकका प्रावधानमा संशोधन प्रस्तावहरूबारे विस्तृत रूपमा छलफल गरिनेछ । मुलुकको वित्तीय प्रणालीलाई थप पारदर्शी, जवाफदेही र सुदृढ बनाउने उद्देश्यले यो छलफल महत्वपूर्ण मानिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजेदेखि सुरु हुनेछ । यस बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ का विषयमा छलफल हुनेछ । दुई महत्वपूर्ण विधेयकमाथि विषय विज्ञहरूको प्रस्तुतीकरण गराइने कार्यक्रम तय गरिएको छ । नागरिक उड्डयनको पुनर्संरचना र पर्यटन क्षेत्रको सुधारका लागि यी विधेयकलाई दूरदर्शी कदमको रूपमा हेरिएको छ ।
तीनवटै समितिको आजको बैठकले सम्बन्धित क्षेत्रका नीतिगत, कानुनी तथा कार्यान्वयन पक्षमा महत्वपूर्ण बहस र निर्णयलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । संसदमा विधायन प्रक्रिया अघि बढाउन यस्ता समितिहरूको सक्रियता र सरोकारवालासँगको अन्तक्र्रिया प्रमुख मानिन्छ ।




