तालिबान सरकारलाई मान्यता दिने पहिलो देश रुस



एजेन्सी, असार २० । अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने पहिलो देश रुस बनेको छ । रूसले बिहीबार अफगानिस्तानको नयाँ राजदूतको प्रमाणपत्र स्वीकार गरेको बताएको छ ।

राजदुतको प्रमाण पत्र स्वीकार्य गर्दै रूसी विदेश मन्त्रालयले अफगानिस्तान संग मस्कोले सम्बन्ध विकासको लागि राम्रो सम्भावना देखेको छ । सुरक्षा, आतंकवाद विरोधी कार्यहरू र लागूपदार्थ अपराध विरुद्ध लड्न काबुललाई समर्थन गर्न जारी राख्ने जनाएको छ ।

तालिबान सरकारलाई मान्यता दिने कार्यले आर्थिक अवसरलाई नयाँ शिराबाट अघि बढाउन मद्दत पुग्ने रुसले जनाएको छ । रूस विशेष गरी ऊर्जा, यातायात, कृषि, व्यापार र पूर्वाधारमा ध्यान दिने जनाएको छ।

यसै बीच अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले एक विज्ञप्ति जारी गर्दै भनेका छन ,‘ हामी रूसले चालेको यो साहसिक कदमको कदर गर्छौं। यसले अरूका लागि पनि उदाहरण स्थापित गर्नेछ।

प्रकाशित मिति: २०८२ असार २०, शुक्रवार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको