मिस नेपाल २०२५ का लागि आवेदन खुला



जनकपुरधाम, असार २३ । मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ । दि हिडेन ट्रेजरले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरेर आफ्नो ३० औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लगेको यस संस्करणलाई अझ भव्य बनाउन विशेष तयारी गरेको राज भाई सुवालले जानकारी दिए ।

प्रतियोगितामा १८ देखि २७ वर्ष उमेर समूहका देश तथा विदेशमा रहेका नेपाली युवतीहरूलाई आवेदन दिन आग्रह गरिएको छ । सहभागिका लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्नेछ । आवेदन निःशुल्क हुनेछ भने अन्तिम म्याद असार २६ गते सम्म रहेकोे जनाइएको छ ।

अन्तिम अडिसन असार २८ गते काठमाडौंमा हुने छ । अडिसनबाट छनोटमा परेका युवतीहरूले ग्रामीण र विशेष प्रशिक्षण प्राप्त गर्नेछन् । फिनाले कार्यक्रम भदौ १४ गते शनिबार, गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिनेछ ।

प्रतियोगिताबाट मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र पहिलो पटक मिस नेपाल कोस्मो गरी चार जना विजेता चुनिनेछ । पहिलो पटक मिस कोस्मो इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

मिस नेपाल २०२५ को खोजीका लागि विर्तामोड, जनकपुरधाम, नेपालगञ्ज लगायत विभिन्न शहरहरूमा अडिसन र प्रचार अभियान सञ्चालन गरिदैँछ । साथै, काठमाडौंका १० वटा कलेजमा पनि मिस नेपाल एक्टिभेसन क्याम्पेन सञ्चालन गरिने आयोजकले जानकारी दिइएको छ ।

प्रकाशित मिति: २०८२ असार २३, सोमबार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको