आलमलाई सफाइ दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्छ : एमाले सांसद साह



काठमाडौं, असार २३। सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।



जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय थारु र महर्जनले सफाइ दिएका थिए ।

आलमलाई सफाई दिने उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामको रुपमा व्याख्या गरिएको भन्दै उनले तत्काल महाअभियोग प्रक्रिया अघि बढ्नुपर्ने बताएका हुन् ।

 

‘अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रुपमा व्याख्या गरिएको छ । यदी सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ,’ सांसद साहले भनेका छन् ।

यदी यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जाने पनि उनको भनाइ थियो ।

जुन कुरा लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर अपराध भएको सांसद साहको भनाइ छ ।

‘यदी यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै अफताव आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्थामा लोकतन्त्र र न्याय प्रणाली गम्भीर अपमान हो,’ उनले भने ।

त्यस्तै, राजनीतिक भागबण्डामा न्यायधीशको नियुक्ति तत्काल रोक्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: २०८२ असार २३, सोमबार १५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको