मधेश प्रदेशसभाको बैठक बस्दै, अवरोध गर्ने प्रतिपक्षीको तयारी



जनकपुरधाम, असार २३ । मधेश प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बजेट निर्माण प्रक्रियामा बिचौलियाको प्रवेश भएको भन्दै प्रतिपक्षीले अवरोध गरे पछि अवरुद्ध बैठक आज १ बजे बस्ने गरि बोलाइएको हो ।

प्रदेश सभामा बजेट प्रस्तुत भएपछि अनिश्चित कालका लागि स्थगित भएको मधेश प्रदेशसभाको बैठक हिजो (आइतवार) शुरु भएपनि प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल सहितका विपक्षीदलहरुले बजेट पुर्नलेखनको मांग गर्दै सभा अवरुद्ध गरे पछि आजको लागि बोलाइएको हो ।

तर आजको बैठकमा पनि विपक्षीदलहरुले अवरोध गर्ने तयारी गरेका छन । बजेटमा बिचौलियाको प्रवेश, खुद्रा बजेट बिनियोजन, अनुत्पादक क्षेत्रमा बढी बजेट लगायतका विषयहरु उठाउदै विपक्षीदलहरुले आज पनि सभा अवरोध गर्ने जनाएको छ।

मधेश प्रदेशको बजेटलाई विपक्षीदलहरु मात्र नभई सत्तापक्षले पनि आलोचना गर्दै आएका छन । सत्ता नेतृत्वकर्ता जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समेत बजेटको आलोचना गर्दै आएका छन ।

दलहरु बीच सहमति जुटन नसके आज पनि प्रदेश सभा अवरुद्ध हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: २०८२ असार २३, सोमवार ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको