विधानसभा चुनाव अघि बिहारमा राजनीतिक हलचल तेज

पटनामा सनातन महाकुम्भको आयोजन


एजेन्सी
पटना, असार २३ । विधानसभा चुनाव अघि बिहारमा राजनीतिक हलचल तेज भएको छ । राजनीतिक दलहरुले आ–आफनो गतिबिधीलाई तीब्रता दिए संगै धार्मिक गुरुहरुले समेत राजनीतिलाई धर्म संग जोडने प्रयास थालेका छन ।

यसैबीच आइतबार राजधानी पटनामा सनातन महाकुम्भ आयोजना सम्पन्न भएको छ । सनातन महाकुम्भमा धीरेन्द्र कृष्ण शास्त्रीले आफुहरु यहाँ राजनीतिको लागि नभई , राम नीतिको लागि आएको बताए । उनले भने ,‘ बिहार पहिलो हिन्दू राज्य बन्नेछ ।’ रामभद्राचार्यले पनि सनातन महाकुम्भमा भाग लिएका थिए। उनले आरोप लगाए कि मलाई र धीरेन्द्र शास्त्रीलाई गान्धी मैदानमा आउनबाट रोक्ने प्रयास गरिएको थियो।

सनातन महाकुम्भको मुख्य आकर्षण बागेश्वर धामका पंडित धीरेन्द्र कृष्ण शास्त्रीले भारत लाई हिन्दू राष्ट्र बनाउने अभियान बिहारबाट सुरु हुने र यो पहिलो राज्य बन्ने दावी गरे । उनले यो पनि भने कि म कुनै पनि धर्मको विरुद्धमा छैनौ । उनले भने कि बिहारमा विधानसभा चुनाव पछि उनी सम्पूर्ण राज्यको भ्रमण गर्नेछन् । साथै, नोभेम्बर ७ देखि १६ सम्म, उनी दिल्लीबाट वृन्दावनसम्म यात्रा गर्नेछन्।

पटनामा आयोजित महाकुम्भमा धीरेन्द्र शास्त्रीले भने कि भारत हिन्दू राष्ट्र बन्ने प्रक्रिया बिहारबाट सुरु हुनेछ। यदि हाम्रो धर्ममाथि आक्रमण भयो भने हामी बदला लिनेछौं, भगवा गजवा–ए–हिन्द बिहारबाट सुरु हुनेछ। देशभरका सन्तहरू सनातन महाकुम्भमा भाग लिइरहेका छन्।
हिन्दू विरोधीको हातमा सत्ता जाने छैन

जगद्गुरु स्वामी रामभद्राचार्यले अब सत्ता कहिल्यै हिन्दू विरोधीको हातमा नजाने दावी गर्दै हिन्दूहरूलाई विभाजन गर्न चाहने व्यक्ति आफै काटिने दावी गरे ।

प्रतिष्ठित गान्धी मैदानमा सनातन महाकुम्भ २०२५ को भव्य कार्यक्रम आयोजना गरिँदैछ। पहिलो पटक पटनामा यो महाकुम्भ आयोजना हुँदैछ, जसमा देशभरका सन्त, महात्मा, जगद्गुरु र महामण्डलेश्वरहरूको ठूलो संख्यामा सहभागिता छ । भगवान परशुरामको जन्मजयन्तीको अवसरमा यो भव्य कार्यक्रम आयोजना गरिँदैछ। यस महाकुम्भमा धार्मिक प्रवचन र भजनसँगै सन्त भेला, हवन–पूजन र वैदिक मन्त्र पनि गरिनेछ।

यसै बीच बाबा बागेश्वरले आफु बिहारको ऋण कहिल्यै चुक्ता गर्न नसक्ने बताए । उनले भने ,‘ आजसम्म यदि कुनै एक राज्यमा १२ लाख मानिसहरूले मेरो दिव्य दरबारमा भाग लिएका छन् वा मेरो कुरा सुनेका छन् भने, त्यो बिहारको पाली मठ थियो । त्यसैले म बिहारका मानिसहरूको ऋण कहिल्यै चुक्ता गर्न सक्दिन।’

सनातन महाकुम्भको आयोजनले बिहारमा राजनीतिक हलचल लाई अझ तीब्र बनाई दिएका छन ।

प्रकाशित मिति: २०८२ असार २३, सोमवार ०७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको