पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु



जनकपुरधाम, असार २४ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा आज पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । आज नुहाउने क्रममा कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिएका छन । दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए।

दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

 

प्रकाशित मिति: २०८२ असार २४, मंगलवार १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको