काठमाडौँ, असार २६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको ( कोइराला समूहको बैठक )बैठक आज बालुवाटारस्थित सम्पर्क कार्यालयमा बोलाएका छन्। कांग्रेसभित्र पछिल्लोपटक उत्पन्न आन्तरिक असन्तोष, अनुशासनसम्बन्धी कारबाही र त्यसको असरबारे छलफल गर्न कोइरालाले आकस्मिक बैठक आयोजना गरेका हुन्।
बैठकमा केन्द्रीय अनुशासन समितिले पार्टीका केही नेताहरूमाथि गरेको कारबाही प्रमुख एजेन्डाका रूपमा प्रस्तुत भएको बताइएको छ। २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन नगरेको आरोपमा अनुशासन समितिले केही नेताहरूमाथि कारबाही गरेको थियो। यस्ता कारबाही निर्णयप्रति असन्तुष्टि जनाउँदै शेखर कोइराला समूहले पार्टी नेतृत्वको निर्णयशैलीमाथि प्रश्न उठाउन थालेको छ।
बैठकमा कारबाहीमा परेका नेताहरूको पक्षको धारणा बुझ्नुका साथै भविष्यमा यस्ता निर्णय रोक्न के कस्ता रणनीति अपनाउने भन्नेबारे समूहभित्र व्यापक छलफल भएको बताइएको छ। कोइराला समूहभित्रका नेताहरूले पार्टी नेतृत्वले एकलौटी ढंगले निर्णय गर्दै आएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
बैठकमा सहभागी नेताहरूले अनुशासन समितिको कारबाही न्यायसंगत नभएको, कारबाहीको प्रक्रियामा पारदर्शिता नदेखिएको र यसले पार्टीभित्रको एकतालाई कमजोर बनाउने चेतावनी दिएका छन्। उनीहरूले यस्ता कदमले पार्टीको आन्तरिक लोकतन्त्रमा क्षति पु¥याउने भन्दै विरोध जनाएका छन्।
कोइराला समूहको बैठक मा केन्द्रीय सदस्य, सांसद, क्षेत्रीय नेता तथा युवा नेताहरूको समेत उपस्थिति रहेको थियो। केही नेताहरूले बैठकमा पार्टी नेतृत्वसँग वार्ता गर्ने तयारीको पक्षमा पनि आवाज उठाएका छन्। उनीहरूको भनाइमा, असहमतिलाई संवाद र समन्वयमार्फत हल नगरे पार्टी थप विभाजनको अवस्थामा पुग्न सक्ने खतरा रहेको छ।
शेखर कोइराला पक्षीय नेताहरूको बैठकलाई पार्टीभित्र बढ्दो आन्तरिक दबाब र शक्ति सन्तुलनको प्रयासका रूपमा हेरिएको छ। आगामी दिनमा कोइराला समूहको धारणा र रणनीतिले कांग्रेसको नेतृत्व संरचना, नीति–निर्णयमा महत्वपूर्ण प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।




