नेपाललाई परिणाममुखि योजनाको आवश्यकता छ : पूर्वमन्त्री पोखरेल



काठमाडौं, असार २७। पूर्वमन्त्री आनन्द पोखरेलले नेपाललाई परिणाममुखि योजनाको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित तामाकोशी–३ पिआरओआर जलविद्युत परियोजना (३९७.४० मेगावाट) सम्बन्धी छलफल कार्यक्रममा उनले नेपाल विजुलीमा आत्मनिर्भर बनाउने र इन्धनको विकल्पमा विद्युतलाई प्रयोग गर्ने हो भने परिणाममुखि योजनाको आवश्यकता भएको बताए ।
उनले भने, ‘अब नेपाललाई के चाहिएको छ भने परिणाममुखि योजना चाहिएको छ । यदि नेपाल विजुलीमा आत्मनिर्भर बनाउने हो भने र इन्धनको विकल्पमा विद्युतलाई प्रयोग गर्ने हो भने हामीलाई परिणाममुखि योजना चाहिन्छ ।’

यस्तै, उनले तामाकोशी जलविद्युत परियोजनाले नेपालको अर्थतन्त्रलाई कति योगदान गरेको छ भन्ने कुरामा पनि सबैको ध्यान जानुपर्ने बताए ।
सोही क्रममा पूर्वमन्त्री पार्वत गुरुङ्ले तामाकोशी बहुआयामिक प्रोजेक्ट भएको भन्दै यसले दोलखा पर्यटकको हब बनाउनुको साथै लाखौं मान्छेलाई रोजगारी पनि दिने बताए ।

 

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार २०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको