सीता दाहालको स्मृति दिवसमा आश्रम पुगे प्रचण्ड



काठमाडौं , असार २७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफनो धर्मपत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम, रानीवन पुगेका छन् ।

सीता दाहालको स्मृति दिवसको अवसरमा उनले आश्रममा आश्रित व्यक्तिहरुसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराउदै आफु पनि उनिहरुसँगै बसेर खाना खाएका छन ।

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उदघाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए ।
मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिने धारणा व्यक्त गरे ।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रवार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको