समस्या निकायमा होइन संस्कारमा छ : अध्यक्ष मिश्र



काठमाडौं, असार २७। नेपाल बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रले समस्या निकायमा होइन संस्कारमा रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नीतिगत निर्णय र भ्रष्टाचार सम्बन्धी छलफल कार्यक्रममा उनले भ्रष्टाचार मान्छेले किन कसरी गर्छ भन्ने कुरा आफ्नो ठाँउमा रहेको भन्दै गलत संस्कारका कारण यस्तो समस्या आउने बताए ।

उनले भने, ‘भ्रष्टाचार मान्छेले किन गर्छ, कसरी गर्छ भन्ने कुरा आफ्नो ठाँउमा छ । तर समस्या निकायमा होइन संस्कारमा छ । समस्या कानून, प्रणालीमा होइन, संस्कृतिमा छ । तर समाधान कानून र नीतिगत प्रणालीमा छ । मन्त्रिपरिषद्लाई अख्तियारको मातहतमा राखेपछि, शक्ति विभाजनको सिद्धान्तलाई फेरि परिभाषा गरेर चारवटा अंग हुन्छ भनेर व्यवस्था गर्नुपर्ने अवस्था छ ।’

प्रकाशित मिति: २०८२ असार २७, शुक्रवार १७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको