काँग्रेस केन्द्रिय समितिको बैठक बोलाउन माग



काठमाडौं , असार २८। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रिय समितिको बैठक बोलाउन माग गरेका छन् ।

केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समितिको बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् ।

उनीहरुले केन्द्रिय समितिको बैठक बसेको समयमा अनुशासन समितिको निर्णय प्रस्तुत नगरी छलेर कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीले गठबन्धन नगर्ने महासमिति र केन्द्रीय समितिबाट निर्णय भइसकेको अवस्थामा गठबन्धनकै विषयलाई लिएर अहिले अनुशासनको डण्डा चलाइनु खोटपूर्ण रहेको उनीहरुको भनाइ छ ।

दोहोरो मापदण्ड र पूर्वाग्रही रुपमा कारबाही गरिएको भन्दै उनीहरुले गुटगत आधारमा गरिएको यो निर्णयले पार्टीलाई थप कमजोर बनाउने बताएका छन्

प्रकाशित मिति: २०८२ असार २८, शनिवार ०९:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको