अमेरिकाबाट आइपुग्यो क्यान्सर उपचारको औषधि तथा स्वास्थ्य सामग्री



काठमाडौं, असार २९ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक अमेरिकाबाट आइपुग्यो क्यान्सर औषधि तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

आइतबार ‘डाइरेक्ट रिलिफ’ सहयोग तथा ’वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

अमेरिकाबाट आइपुग्यो क्यान्सर उपचारको  औषधि हस्तान्तरणपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिका लागि प्रयास गर्दा नभएपछि ‘वान हार्ट वल्र्डवाइड’संस्थामार्फत ल्याइएको जानकारी गराए ।

उनले भने,‘डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिको लागि हामीले प्रयास गर्यौं तर त्योबाट नहुने भएपछि ’डाइरेक्ट रिलिफ’ ले ’वान हार्ट वल्र्डवाइड’ दिएर त्यसमार्फत हामीलाई दिएको छ । दुई तीन महिनामा आउँछ भन्ने आशा थियो । तर प्रकृया लामो भएर आज आइपुगेको छ । ’

उनले क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पतालमा स्वास्थ्य सेवा विभागमार्फत सो औषधि उपलब्ध गराउने जानकारी दिँदै नागरिकलाई यसले ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइने छ ।

प्रकाशित मिति: २०८२ असार २९, आईतवार ११:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको