एजेन्सी
पटना , असार २९ । पटनाको कंकरबाग पार्कमा अपराधीहरुले अन्धाधुन्ध फाइरिङ्ग गरेको छ । कंकरबाग प्रहरी चौकी क्षेत्रको एफ सेक्टर पार्कमा अपराधीहरूले हावामा अन्धाधुन्ध फाइरिङ्ग गरेपछि सो क्षेत्रमा केही बेर आतंकको माहौल बनेको थियो ।
गोलीको आवाज सुने लगतै पार्कमा हिंडिरहेका मानिसहरुमा भागाभाग मचेको थियो । अनुसन्धानको क्रममा प्रहरीले घटनास्थलमा पुगेर पेस्तोल बरामद गरेको छ र यस विषयमा अनुसन्धान गरिरहेको छ । स्कुटीमा सवार बदमाशहरूले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
पटना सदरका एसडीपीओ–१ अभिनवले घटनास्थलबाट पेस्तोल बरामद भएको बताए । यस्तो अवस्थामा गोली चलाएको कुरालाई नकार्न सकिने भन्दै गोली कसले र किन चलाएको हो, यसको अनुसन्धान भइरहेको र चाँडै नै अभियुक्त पहिचान गरी पक्राउ गरिने दावी गरेका छन ।
घटना साँझ सात बजेतिर भएको बताइएको छ। त्यतिबेला केही मानिसहरू पार्कमा टहलिरहेका थिए। त्यसपछि स्कुटरमा सवार दुई अपराधी आए। उनीहरूले स्कुटर पार्कमा पार्किङ गरे र हावामा गोली चलाउन थाले। गोली चलेको आवाज सुनेर त्यहाँ उपस्थित मानिसहरू भाग्न थालेका थिए ।
यसपछि, अपराधीहरू स्कुटरमा भागे। अपराधीहरूसँग हतियार भएकाले कसैले पनि तिनीहरूलाई पछ्याएनन्। नजिकै बस्ने मानिसहरूले यसबारे प्रहरीलाई जानकारी गराए। प्रहरीले नजिकै बस्ने मानिसहरूबाट जानकारी सङ्कलन गरिरहेको छ।
पार्कमा पेस्तोलसहितको एउटा काट्र्रिज पनि भेटिएको थियो।






