मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा : किराती



काठमाडौं, असार २९। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको भन्दै सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले घुस काण्डको अडियोले सरकारको छातीमा कुशासनको तक्मा थपिदिएको उल्लेख गर्दै देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठने विषयमा सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सामान्य प्रशासन र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रो संग स्मरण छ यही उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा ‘म भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न । यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्तको अगाडि उभिएर जवाफ दिन्छु । हामीलाई अर्को जुनी र चित्र गुप्तको विश्वास छैन । त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसदलाई सत्यतथ्य जवाफ चाहियो ।’

साथै उनले स्पेनमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुने कार्यक्रमको नाममा भएको मानव तस्करी छानविनको माग गरेका छन् । उनले उक्त विषयमा सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीको माग गरे ।

 

प्रकाशित मिति: २०८२ असार २९, आईतवार १५:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको