काठमाण्डौं, असार २९ । संवैधानिक राजसंस्थाको मांगलाई औपचारिक रुपमा उठाउदै आएका प्रतिनिधिसभामा प्रतिनिधित्वगर्ने एक मात्र दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा नयाँ किचिलो शुरु भएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन र महासचिव धवल सम्शेर राणाबीचको मनमुटाव सहतमा आए संगै राप्रपामा नयाँ किचिलोे शुरु भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र साहको सहमतिमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको लक्ष्यसहित जनआन्दोलन परिचालन समिति गठन भए देखि नै उनिबाट चिढिएका अध्यक्ष लिङ्देन समितिमा बसेकाहरुलाई कारबाही गर्ने प्रक्रिया शुरु गरेका थिए । सोही प्रक्रिया अन्तर्गत जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीलाई राप्रपाले अनुशासन आयोगको हटाउने निर्णय गरेको छ । सो निर्णयलाई लिएर राप्रपा भित्र संस्थापन र इतर समूह बीचको विवाद सतहमा ल्याएको हो ।
राप्रपाले सुवेदीका साथै सगुन सुन्दर लावतीलाई समेत प्रवक्ताको जिम्मेवारीबाट हटाएको थियो।
संस्थापन पक्षको उक्त निर्णयलाई काउन्टर दिदै महासचिव धवल सम्शेर समूहले हिजो आफनै निवासमा इतरसमूहको बैठक डाकेका थिए । सो बैठकले संस्थापन समूहको निर्णयलाई काउन्टर दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले मधेशटुडेलाई जानकारी दिएका छन ।
यसैबीच संस्थापन इतर समूहले संस्थापन पक्षको निर्णय बदरको मांग गर्दै निर्वाचन आयोग पुगेको छ ।
नवराज सुवेदीले आफूलाई राप्रपाको अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आयोगमा दिएको निवेदनमा चार वर्षे कार्यकाल बाँकी छँदै आफूलाई पदबाट हटाइनु विधान विपरीत हुने जिकीर उनले गरेका छन् ।
राप्रपाका महामन्त्री धवल शम्शेर राणासहित निर्वाचन आयोग पुगेका सुवेदीले आफ्नो पदीय हैसियत यथावत कायम गरिपाउँ भनेर निवेदन दिएका छन् ।
संस्थापन र इतर समूहको विवादले राप्रपा भित्र ठुलो हलचल भै रहेको संकेत दिएको छ ।






