महिलाका मुद्दामा महिलाले नै विरोध गर्छन : उपसभामुख



काठमाडौँं, असार २९। उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दामा महिलाले नै विरोध गर्ने गरेको बताएकी छिन् ।

२२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् ।

‘हामी अधिकारको कुरा गछौँ, एकल महिलाको कुरा गर्छौ । अब कुरा गरेर मात्र नभइ महिला एक हुनपर्ने बेला आएको छ । महिलाहरुले आफ्नो अधिकारको लागि आफै लड्नुपर्ने र त्यो क्षमता आफैले वृद्धि गर्नुपर्छ,’उनले भनिन् ।

‘सासु बुहारी मिलेर अघि बढ्दा पुरुषको नै चाँहिदैन जस्तो लाग्छ । महिलाहरु पीडित नै हुन पर्दैन् । त्यसैले हामी सबै एक हुनुपर्छ,’उनले अगाडि भनिन्,‘नेपालमा जन्मेपछि हरेकले नेपाली नागरिता पाउनैपर्छ । आमाकै नामबाट पनि नागरिता पाउने अहिलेको कानुन ठिक छ ।’

प्रकाशित मिति: २०८२ असार २९, आइतवार १९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको