चिराग पासवानलाई हत्याको धम्की दिने अभियुक्त पक्राउ



एजेन्सी
पटना, असार ३० । केन्द्रीय खाद्य प्रशोधन मन्त्री तथा लोक जनशक्ति पार्टी (राम विलास) का राष्ट्रिय अध्यक्ष चिराग पासवानलाई हत्याको धम्की दिने अभियुक्तलाई पक्राउ गरेको छ।

समस्तीपुर प्रहरीले आइतबार सामाजिक सञ्जाल मार्फत पासवानलाई बमले उडाइदिने भनि धम्की दिने समस्तीपुर जिल्लाको रोसदा प्रहरी चौकी क्षेत्रको भिरहा गाउँका २१ वर्षीय मोहम्मद मिराज इद्रिसीलाई पक्राउ गरेको हो ।

इद्रिसीले समाजिक संजाल मार्फत चिराग पासवानलाई हत्याको धम्की दिएको थियो । ११ मा युट्युबर दक्ष प्रियाले सामाजिक सञ्जालमा चिराग पासवानको अन्तर्वार्ता सेयर गरेपछि धम्कीको घटना सार्वजनिक भएको थिउो ।सोही अन्तर्वार्ताको टिप्पणी खण्डमा, टाइगर मिराज इद्रीसी नामक एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखेका थिए, “जुलाई २० मा, म चिराग पासवानलाई बमले उडाएर मार्नेछु ।“ यो धम्की पछि, पार्टी कार्यकर्ताहरूमा हलचल मच्चेको थियो ।

यो विषयलाई गम्भीरतापूर्वक लिँदै, लोक जनशक्ति पार्टी (आर) का मुख्य प्रवक्ता राजेश भट्टले पटना साइबर प्रहरी स्टेशनमा लिखित उजुरी दर्ता गराएका थिए । जबकि समस्तीपुर जिल्ला पार्टी अध्यक्ष अनुपम उर्फ हीरा सिंहले स्थानीय स्तरको साइबर प्रहरी स्टेशनमा एफआईआर दर्ता गरेका थिए ।

साइबर अपराधका डीएसपी दुर्गेश दीपकका अनुसार, प्राविधिक अनुसन्धानको क्रममा, सामाजिक सञ्जाल गतिविधिहरू पत्ता लगाइयो र अभियुक्तको पहिचान गरियो। धम्की दिने मोबाइल नम्बर र इन्स्टाग्राम आईडी अभियुक्त मोहम्मद मिराजसँग जोडिएको पाइएको थियो । यसपछि, समस्तीपुर एसपीको निर्देशनमा, प्रहरी टोलीले बेगुसराय जिल्लाको तेघराबाट मिराजलाई पक्राउ गरेको हो । उनको साथबाट एउटा मोबाइल फोन बरामद गरिएको थियो, जसमा धम्कीसँग सम्बन्धित गतिविधिहरूको प्रमाण फेला परेको हो ।

गिरफ्तारी पछि, अभियुक्तलाई मेडिकल परीक्षणको लागि समस्तीपुर सदर अस्पताल लगिएको थियो। सोधपुछको क्रममा, यो कुरा खुल्यो कि आरोपीले जानाजानी धम्की दिएको थियो, जुन केही समय पछि सामाजिक सञ्जालबाट पनि हटाइएको थियो।

समस्तीपुर लोजपा (आर.) जिल्ला अध्यक्ष हीरा सिंहले केन्द्रीय मन्त्रीको बढ्दो लोकप्रियताको डरले यस्ता धम्की दिइएको बताए। उनले आरोप लगाए कि यो पूर्वनियोजित षड्यन्त्र हुन सक्छ, र दोषी विरुद्ध कडा कारबाही गरिनुपर्छ।

प्रकाशित मिति: २०८२ असार ३०, सोमवार ०८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको