जनकपुरधाम, असार ३०। मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ । सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरूले बजेट बहुमतले पारित गरेका हुन्।
विपक्षी दलका बहिष्कारबीच फास्ट ट्र्याकबाट मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३को विनियोजन विधेयक पारित भएको हो ।
बजेटको सरकारले सांसदलाई उपलब्ध गराएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको छ । आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले सोमबार बिहान कार्यदल र बैठक समेत बहिष्कार गरी निस्केका थिए ।
विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार हुने समेत बताएका थिए । त्यसपछि सत्ता दलका सांसदहरूको उपस्थितिमा चलेको सदनले संशोधन प्रस्तावको समय दिए पनि कसैले दर्ता गराएनन् ।




