काठमाडौं, असार ३० । नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि तीन अर्ब रुपैयाँ बराबरको ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र सार्वजनिक रूपमा जारी गर्न लागेको छ। यो ऋणपत्र ८ वर्ष अवधिको हुनेछ र बैंकले यसमा वार्षिक ७ प्रतिशत ब्याजदरमा भुक्तानी गर्ने जनाएको छ।
बैंकले कुल ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ, जसअन्तर्गत १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सार्वजनिक निष्कासनमा छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ९६० हजार कित्ता० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
इच्छुक लगानीकर्ताहरूले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ता सम्मको आवेदन दिन सक्नेछन्। यो ऋणपत्र सुरक्षित, दीर्घकालीन तथा नियमित आम्दानी चाहने लगानीकर्ताहरूका लागि आकर्षक अवसरको रूपमा हेरिएको छ।
नबिल बैंकले यो ऋणपत्र पूँजी संरचना सुदृढ गर्न, दीर्घकालीन स्रोत जुटाउन र व्यवसाय विस्तारमा उपयोग गर्नका लागि जारी गर्न लागेको हो। यस्तो ऋणपत्र लगानीकर्ताहरूका लागि स्थिर ब्याज आम्दानीको राम्रो विकल्प मानिन्छ, विशेष गरी तुलनात्मक रूपमा कम जोखिम भएका लगानी माध्यमका रूपमा।
ऋणपत्रको आवेदन सि–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट दिन सकिनेछ। आवेदन दिने समयावधि छिटोमा साउन ९ गते सम्म र ढिलोमा साउन २० गते सम्म कायम हुनेछ।
ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड ले लिएको छ। लगानीकर्ताहरूले आफ्ना आस्बा खाता भएका बैंकहरूमार्फत सहजै आवेदन दिन सक्ने छन्।
नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो, जसले देशभर २०० भन्दा बढी शाखा मार्फत सेवा दिइरहेको छ। बैंकले समयअनुसार पूँजी बजारमा विविध लगानी विकल्पहरू ल्याउँदै आइरहेको छ, जसले बैंकको वित्तीय मजबूतीमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ।




